२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

शेल्री डुग्ड्रा मेला : देश चिन्ने सुनौलो अवसर 

ADV
भावना पाठक
२०८१ साउन ३ गते १६:५०
शेल्री डुग्ड्रा मेला : देश चिन्ने सुनौलो अवसर 

काठमाडौँ : ६७‍ औँ १२ बर्षे शेल्री डुग्ड्रा मेला आयोजना हुने भएको छ । डोल्पाको सांस्कृतिक सम्पदालाई विश्वभर चिनाउने मूल उद्देश्यका साथ भदौ १६ देखि १९ गतेसम्म मेला आयोजना हुन लागेको हो । 

आज बुधबार नेपाल पर्यटन बोर्डको सभाहलमा पत्रकार सम्मलेन गरी कार्यक्रम आयोजनासम्बन्धी जानकारी दिइयो । ६७‍ औँ बाह्र बर्षे शेल्री डुग्ड्रा मेला २०८१ को मूल आयोजक समितिले गरेको पत्रकार सम्मेलनमा शे-फोक्सुण्डो गाउँपालिकाका पदाधिकारीहरू, नेपाल पर्यटन बोर्डका महानिर्देशक हिक्मतसिंह ऐर,प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा रानालगायतको उपस्थिति थियो । 

छ दिनसम्म चल्ने मेलामा सांस्कृतिक पहिचान झल्किने गीत-संगीत,धर्मगुरूबाट दीर्घायू अभिषेक प्रदान, घोडा दौड, परम्परागत भेषभूषाको प्रदर्शन, स्थानीय खानाजस्ता कुराहरू बिशेष प्राथमिकतामा परेका छन् । 

मेलाको पहिलो दिन नेपाल सरकारका मन्त्रीहरू,सांसदहरू तथा सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरूलाई स्वागतसहित कार्यक्रमको औपचारिक उद्घाटन गरिनेछ । दोश्रो दिन प्रसिद्ध शेल्री डुग्ड्रा पर्वत र बीचमा भेटिने गुम्बाहरूको दर्शनसहित धर्मगुरू डिगुङ क्याब्गोन छेत्छाङ रिन्पोछेबाट प्रबचन तथा अनुशिक्षण कार्यक्रम हुनेछ । त्यहिदिन धर्मगुरू डिगुङ छेत्छाङ रिन्पोछेद्वारा पबित्र सचेतनाको अनुशिक्षण कार्यक्रम साथै दीर्घायू अभिषेक प्रदान गरिनेछ । 

तेश्रो दिन धर्मगुरू छ्योक्टुल पेमा रिक्चाल रिन्पोछेद्वारा पबित्र बोधिसत्वको ३७ अभ्यासको प्रशिक्षण कार्यक्रम,धर्मगुरू क्याब्जे मेनरी पोन्लोप ठिन्ले ङिमा रिन्पोछेद्वारा बार्दो अनुशिक्षणको साथै अन्तमा ज्यारिमाको दीर्घायू अभिषेक प्रदान कार्यक्रम गरिनेछ । चौथो दिन धर्मगुरू छ्योक्टुल पेमा रिक्चाल रिन्पोछेद्वारा पबित्र बोधिसत्वको ३७ अभ्यासको प्रशिक्षण कार्यक्रम र त्यहिदिन तीर तरन्जी खेल, घोडा धौड र अन्य बिभिन्न प्रकारका खेल,  मनोरञ्जनका कार्यक्रम आयोजनाको साथै आँखा शिबिर र शल्यक्रियासमेत गरिनेछ । 

पाँचौँ दिन टुल्कु पेम्मा रिक्चाल रिन्पोछेद्वारा दीर्घायूको अभिषेक प्रदान कार्यक्रम, स्थानीय परमपरागत नाचगान प्रस्तुति र आँखा शिबिर संचालन हुनेछ । छैटौँ दिन धर्मगुरूहरू र अतिथिहरूको बिदाई कार्यक्रम, स्थानीय परमपरागत नाचगान र साँस्कृतिक प्रस्तुतिका साथै कार्यक्रमको औपचारिक समापन गरिनेछ । 

पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा मेलालाई चिनाउने प्रोमो भिडियो, डोल्पाको विभिन्न ठाउँलाई चिनाउने म्युजिक भिडियो प्रस्तुत गरिएको थियो । कार्यक्रममा पर्यटन बोर्डका महानिर्देशक ऐरले डोल्पा नेपालको सबैभन्दा ठूलो जिल्लामात्र नभएर संकृतिका हिसाबले पनि फराकिलो भएको बताए । मेलाले देश दर्शनको महत्वपूर्ण अवसर जुटाएको भन्दै सबैले अन्तरिक पर्यटनलाई महत्वका साथ अघि बढाउन उनले आग्रह गरे । उप सभामुख इन्दिरा रानाले आफूले डोल्पाको पहिले नै भ्रमण गरिसकेको बताउदै स्वर्ग जस्तो भूमि अवलोकन गर्न सबैलाई आग्रह गरिन् । उनले शे-फोक्सुण्डो जस्तो राम्रो ठाउँ अन्त नदेखेको बताउदै सबैले यो मेला अवलोकन गर्नुपर्ने बताइन्  । 

शे-फोक्सुण्डो गाउँपालिका वडा नम्बर ३ को शेल गुम्बामा लाग्ने ६७‍ औँ १२ बर्षे शेल्री डुग्ड्रा मेला भोट बर्मेली बौद्ध पात्रो अनुसार १२ बर्षमा एक पटक लाग्ने डोल्पाको सबैभन्दा ठुलो र महत्वपूर्ण मेला हो । यो मेलामा शेल रिवो डुग्ड्रा पर्वत (क्रष्टल माउण्टेन) को परिक्रमा गर्ने गरिन्छ ।


 

ADVADV

सम्बन्धित खबर

Advertise