
काठमाडौँ : विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले नेपालको निवेदनमाथि सुनुवाइ गर्दै वारेस राख्न अनुमति दिएको हो ।
नेपालविरुद्ध पतञ्जली योगपीठलाई कानुनी हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न अनुमति दिएको विषयमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
उक्त मुद्दा करिब डेढ वर्षदेखि विशेष अदालतमा विचाराधीन छ । मुद्दाको अन्तिम टुंगो नलाग्दै नेपालले वारेसमार्फत अदालतमा प्रतिनिधित्व गर्न पाउने अनुमति मागेका थिए ।
अदालतको अनुमतिसँगै नेपालले उक्त मुद्दामा कानुनबमोजिम वारेस राख्न पाउने भएका छन् ।