२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

रवि फर्किएपछि कारागारमा सशस्त्रको सुरक्षा

shivam cement
२०८२ भदौ २८ गते २२:०७
Shares
रवि फर्किएपछि कारागारमा सशस्त्रको सुरक्षा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् । उनी कागजी प्रक्रिया पूरा गरेर कारागार फर्किएका हुन् ।

रवि फर्किएपछि कारागारमा हुन सक्ने सुरक्षा जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बलले सुरक्षा दिने भएको छ । जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए । 

तर, प्रदर्शनका क्रममा निस्किएको भनेर आलोचना भएपछि लामिछानेले शनिबार दिउँसो आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका थिए । साँझ ५ बजेतिर कारागार पुगे । 

रास्वपाका नेताहरूका अनुसार कागजी प्रक्रिया पूरा भएसँगै लामिछाने कारागारमा बस्न थालेका छन् ।

ताजा खबर

सम्बन्धित खबर