२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

नवलपरासीमा विद्यालय र कार्यालय सुचारु हुँदै

shivam cement
विनोद निगम
२०८२ भदौ २८ गते २२:२८
नवलपरासीमा विद्यालय र कार्यालय सुचारु हुँदै

नवलपरासी : जेनजी समूहको भदौ २४ गतेको प्रदर्शनपछि लागू गरिएको निषेधाज्ञा र कफ्र्यु आदेश नवलपरासी पश्चिममा आइतबार बिहान ६ बजेदेखि हटाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार हालको शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको मूल्यांकनपछि निषेधाज्ञा र कफ्र्यु हटाउने निर्णय गरिएको हो । उनले भने, ‘विकसित घटनाक्रम र सुरक्षाको समीक्षा गर्दा अब निषेधाज्ञा आवश्यक छैन भन्ने ठहर गरिएको छ ।’

भदौ २४ गतेको घटनापछि सम्भावित अप्रिय घटना रोक्नका लागि प्रशासनले जिल्लाभर कडा सुरक्षा सतर्कतासहित निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको थियो । 

यसैबीच, नवलपरासी प्याब्सनले सूचना जारी गर्दै आइतबारदेखि जिल्लाभरका विद्यालय सञ्चालन हुने जनाएको छ । लामो समयपछि विद्यालय खुल्ने भएकाले विद्यार्थी, शिक्षक र अभिभावकले पठन–पाठन सामान्य अवस्थामा फर्किने अपेक्षा व्यक्त गरेका छन् । 

त्यसैगरी पाल्हिनन्दन र सुस्ता गाउँपालिकाले विज्ञप्ति जारी गर्दै निषेधाज्ञा तथा कर्फ्यू आदेशका कारण स्थगित रहेका गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयलगायतका सेवा आइतबारदेखि सुचारु हुने जानकारी गराएका छन् । 

सुरक्षा निकायहरूले भने संवेदनशील स्थानहरूमा आवश्यक सतर्कता कायम राखिने बताएका छन्। प्रशासनले नागरिकलाई सामान्य जीवनयापनमा फर्किँदै गर्दा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise