काठमाडौं : सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेर उनीहरूका परिवारलाई १०-१० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन् ।
मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले मृतकका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।