२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

राहत शिक्षकलाई दुई विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी

shivam cement
प्रेमचन्द्र झा
२०८१ साउन ४ गते २२:४४
राहत शिक्षकलाई दुई विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी

रौतहट : रौतहट फतुवा विजयपुर नगरपालिकाको दुई विद्यालयको प्रधानाध्यापकको जिम्मा एक राहत शिक्षकलाई दिइएको पाइएको छ । आर्थिक चलखेलको आधारमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले स्थायी शिक्षक हुँदाहुँदै राहत शिक्षक सुबोध यादवलाई दुईवटा विद्यालयको प्रधानाध्यापक जिम्मा दिएको आरोप लागेको छ । 

प्रमुख प्रशासकीय अधिकृत प्रधानले सरस्वती प्राथमिक विद्यालय विजयपुरका प्रधानाध्यापक राहत शिक्षक सुवोध यादवलाई २०८० साल माघ २९ गतेदेखि प्राथमिक विद्यालय सन्तपुर दोस्तियाका पनि आर्थिक प्रशासनिक समेत हेर्ने गरी जिम्मेवारी दिएपछि आलोचित भएका छन् । 

नगरपालिकाको चलानी नम्बर ८८८ को पत्रअनुसार उक्त दुवै विद्यालयका प्रधानाध्यापक रहेका यादवसँग सोध्दा आफुले पाएको जिम्मेवारी अनुसार दुवै विद्यालयलाई मिलाएर समय दिँदै आएको बताए । 

सो नगरपालिकाका शिक्षा संयोजक मुकेश साहले प्राथमिक विद्यालय सन्तपुर दोस्तियामा स्थायी  शिक्षक हँुदाहुँदै राहतको शिक्षकलाई कसरी प्रधानाध्यापक बनाइयो आफुलाई जानकारी नरहेको  बताए ।

सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधानसँग यसबारे जानकारी लिँन खोज्दा सम्पर्क हुन सकेन ।

शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख राम विनय कुमार सिंहले फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधानले आफै जस्तै जिल्लालाई बनाउन खोजेको आरोप लगाए । 

कटहरीया र फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधान भए जस्तै यादव पनि दुईवटा विद्यालयको प्रधानाध्यापक हुन पाएको इकाई प्रमुख सिंहले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise