२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

shivam cement
२०८२ भदौ ३० गते १४:२६
Shares
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंः काठमाडौंको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा नम्बर नखुलेको टिपरले बा ४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते केसीको उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा आज मृत्यु भएको हो । दुर्घटनापछि फरार टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

ताजा खबर

सम्बन्धित खबर