२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

बैतडीको सलसेनामा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

shivam cement
मध्यान्ह
२०८२ भदौ ३१ गते १२:०१
बैतडीको सलसेनामा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

काठमाडौँ : बैतडीको दोगडाकेदार गाउँपालिकाको सलसेनामा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

सोमबार राति परेको निरन्तर वर्षाले मंगलबार बिहान सवा ९ बजेतिर सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्गको सतबाँझ-गोकुलेश्वर सडक खण्ड अन्तर्गत सलसेनामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार राजमार्ग अवरुद्ध भएपछि दार्चुलाबाट विभिन्न जिल्लाका लागि छुटेका गाडी र तराईबाट दार्चुलाका लागि छुटेका रात्रिकालीन गाडीहरू बीचबाटोमै रोकिएका छन् । यस्तै बैतडीबाट गोकुलेश्वरका लागि र गोकुलेश्वरबाट बैतडीका लागि छुटेका गाडी पनि बीचबाटोमै रोकिएका छन् ।

राजमार्गमा खसेको पहिरो सफा गर्नका लागि दोगडाकेदार गाउँपालिका र सडक डिभिजन कार्यालय बैतडीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise