२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

करिब १५० किलो गाँजासहित ट्रक चालक पक्राउ

shivam cement
२०८२ भदौ ३१ गते १३:१०
Shares
करिब १५० किलो गाँजासहित ट्रक चालक पक्राउ

मकवानपुरः भीमफेदी गाउँपालिका–२ भैसेबाट अवैध लागुऔषध गाँजा करिब १५० किलोग्रामसहित सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–८ बस्ने ४१ वर्षीय बिर बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा.२ ख ३२१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक बिर बहादुरलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर