२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

shivam cement
२०८२ असोज १ गते १०:०८
Shares
पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९:१० बजेबाट सडक सञ्चालनमा आएको हो । बिहान ६:०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो । तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

ताजा खबर

सम्बन्धित खबर