इमरान खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुमा एक व्यक्तिको हत्या गरी फरार रहेका अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर ८ बन्जरियाका ४३ वर्षीय भोला उपाध्याय भन्ने भोलानाथ उपाध्याय रहेका छन् ।
कपिलवस्तु प्रहरीले तौलिहवास्थित प्रशासन चोक नजिकै भाडामा बस्दै आएका उनलाई गत कात्तिक १९ गते सोही स्थानबाट पक्राउ गरेको हो ।
२०६७ असोज ३१ गते दुर्गाभग्वती मुर्ति सेलाउने क्रममा कपिलवस्तु साविक भलवारी गाविस-८ सानो भलवारीमा उनीसहित ३ जना मिलेर मुनिम भन्ने सिताराम पासीलाई गोली हानी हत्या गरेका थियो । यसअघि नै सो घटनामा छेदी यादव २०६८ भदौ ४ र हरिहर कुर्मी २०६८ असोज २४ गते पक्राउ परिसकेका छन् ।
मृतक सिताराम पासीसँग हरिहर कुर्मी र भोलानाथ उपाध्यायको जग्गाको विषयमा विवाद थियो । ३ जना अभियुक्तले सितारामको हत्या गर्न भनी एक लाख रुपैयाँ समेत लिएको खुलेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।
दुर्गा मुर्ति सेलाउँदा ३ जना अभियुक्तले मृतक सितारामलाई ट्याक्टर समेत चलाउन लगाएका थिए । सोही समयमा सितारामलाई गोली हानी अभियुक्तहरु फरार भएका थिए । पक्राउ परेको उपाध्ययालाई अदालतको आदेश अनुसार कारागार पाठइने प्रहरी उपरीक्षक कार्कीले बताए ।
साढे ३ महिनामा ४ सय ७३ फरार अभियुक्त पक्राउ
कपिलवस्तु प्रहरीले चालु आर्थिक वर्ष २०७८/०७९ अन्तर्गत चलाएको फ्याप अभियानमा ४ सय ७३ जना फरार अभियुक्त पक्राउ परेका छन् । कपिलवस्तु प्रहरीले फरार अभियुक्त पक्राउ गर्नेमा रेकर्ड नै कायम गरेको हो ।
कात्तिक १५ गतेसम्म लुम्बिनी प्रदेशमा कुल ६ सय १५ जना पक्राउ परेको प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए । लुम्बिनी प्रदेशको १२ जिल्लामा पक्राउ परेका ६ सय १५ मध्ये ४ सय ७३ जना कपिलवस्तुमा पक्राउ परेका हुन् ।
अभियानका कारण १ सय ५० वर्ष ६ महिना १० दिन कैद असुल उपर भएको छ । यस्तै २८ लाख ८९ हजार ८४३ रुपैयाँ जरिवाना असुल भएको प्रहरी उपरीक्षक कार्कीले बताए । फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयमा तिव्रता आएको उनले बताए । यस्तै अभियुक्तहरु आफैं बकपत्रका लागि उपस्थित समेत हुन थालेको उनको भनाइ थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies