२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

shivam cement
२०८१ जेठ २४ गते १३:०७
Shares
सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

काठमाडौँ । चौधरी ग्रुप (सीजी) को मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ ।

तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि स्वतः लाइसेन्स खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

सिजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम सञ्चा प्रालि)ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो । तर, तोकिएको अवधिमा सिजीले निवेदन नै दिएन । निवेदन नदिएपछि सूरसञ्चार ऐन २०५३ को दफा २५ (५) अनुसार स्वतः खारेज भएको हो ।

गत वर्ष २०८० मंसिरदेखि नै लागू हुने गरी सीजीको लाइसेन्स खारेज भएको प्राधिकरणले सार्वजनिक जानकारी गराएको छ ।

सम्बन्धित खबर