२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रौतहटका पत्रकारलाई एआई प्रयोग सम्बन्धी तालिम सम्पन्न

Nada
कृष्ण तिवारी
२०८२ मंसिर २० गते २२:०२
Shares
रौतहटका पत्रकारलाई एआई प्रयोग सम्बन्धी तालिम सम्पन्न

रौतहट : रौतहटको चन्द्रपुरमा पत्रकारहरूका लागि एआई (कृत्रिम बौद्धिकता) प्रयोग सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । 

ncell

यो तालिम आम सञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाको सहकार्यमा आरोही होटलमा गरिएको थियो । 

तालिमको उद्देश्य डिजिटल युगमा सञ्चारकर्मीहरूलाई प्रविधिमैत्री बनाउँदै समाचार संकलन, लेखन र प्रमाणीकरणमा एआईको उपयोगिताबारे ज्ञान प्रदान गर्नु रहेको आयोजकले जनाएको छ । आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्काले कार्यक्रमको उद्घाटन गर्दै एआईको प्रयोग अब पत्रकारिताको आवश्यकता भइसकेको बताउँदै पत्रकारहरूलाई आधुनिक प्रविधि अपनाउन आग्रह गरे । 

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जयकुमार कार्कीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य शिवपुरीले संचार क्षेत्रमा कार्यरत पत्रकारहरूको लागि एआईको प्रयोग अत्यन्तै महत्वपूर्ण भएको चर्चा गरे । 

कार्यक्रममा प्राधिकरणकी प्रमुख प्रशासकीय अधिकृत रंजिता साह, प्रशिक्षक जीवन भण्डारी, नेपाल पत्रकार महासंघका पूर्व शाखा अध्यक्ष शैलेन्द्र गुप्ता, प्रेमचन्द्र झा, मधेस प्रदेश सदस्य शैलेन्द्र झा लगायत ५० जना पत्रकारको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर