२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

टिकटकले नेपालको कानून पालना गर्ने, प्रतिबन्ध खुलाइदिन सञ्चारमन्त्रीलाई पत्राचार

ADV
मध्यान्ह
२०८१ भदौ ४ गते १३:०८
टिकटकले नेपालको कानून पालना गर्ने, प्रतिबन्ध खुलाइदिन सञ्चारमन्त्रीलाई पत्राचार

काठमाडौँ  : सामाजिक सञ्जाल टिकटकले नेपालको कानून तथा नीति-नियम पालना गर्ने प्रतिबद्धतासहित पत्राचार गरेको छ । 

टिकटकले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सम्बोधन गरेर नेपालको कानून तथा नीति-नियम पालना गर्ने प्रतिबद्धता जनाएको हो । पत्रमा टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले हस्ताक्षर गरेका छन् ।

यसअघि प्रधानमन्त्रीलाई सम्बोधन गरेर पत्राचार गर्दै आएको टिकटकले पछिल्लो पटक सिधै सञ्चारमन्त्रीलाई सम्बोधन गरेर पत्र लेखेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र कुमार ठाकुरले जानकारी दिए । नेपाल सरकार र टिकटकबीच आठ पटक पत्राचार भइसकेको छ । 

२०८० मंसिरमा मन्त्रालयले सामाजिक सञ्जालसम्बन्धी कार्यविधि जारी गर्दै सामाजिक सञ्जाल सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो । कार्यविधिअनुसार नेपालमा कुनै पनि सामाजिक सञ्जाल चलाउनका लागि मन्त्रालयमा सूचीकरण हुनु पहिलो सर्त हो ।
 

ADVADV

सम्बन्धित खबर

Advertise