२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

कतारमा जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली

shivam cement
तिलु शर्मा पौडेल
२०८२ असोज २ गते २०:४४
Shares
कतारमा जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली

दोहा कतार : जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्मानमा कतारमा श्रद्धाञ्जली तथा शोक सभा कार्यक्रम सम्पन्न गरिएको छ । 

नेपाल सरकारले जेनजी युवाहरूको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको सम्मान स्वरूप बुधबार राष्ट्रिय शोक मनाएसँगै कतारमा रहेका नेपालीहरूले एकसाथ बुधबार साँझ श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न गरेका हुन् । 

गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) कतारको आयोजनामा कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितिमा एक मिनेट मौन धारणसँगै १०१ जेनजी लेखिएको मैनबत्तीमा प्रज्वलनसहित फोटोमा माल्यार्पण गरी श्रद्धा सुमन अर्पण गरिएको थियो । 

नेपाल व्यवसायी संघ कतारका कानुनी सल्लाहकार प्रोफेसर मोहम्मद रमजान अलि मियाले सभालाई सम्बोधन गरेका थिए । उनले जेन्जी आन्दोलन आफूले प्रत्यक्ष भोगेको अनुभव सुनाउँदै जेनजी पुस्ताले नेपालमा भएको अहिलेको व्यवस्थादेखि दिक्क भएर साँच्चिकै परिवर्तनको लागि लडेको आफूले पाएको बताए । 

शोक सभा कार्यक्रमको अन्तमा अध्यक्ष पन्थीले करिब २७ घण्टामै सत्ताच्युत गर्ने युवा शक्तिको रूपमा पहिलो पटक नेपालका जेनजीहरुले विश्व रेकर्ड कायम गरेको धारणा राखे ।

उनले आन्दोलनमा शहीद भएका कलिला युवाहरूको राष्ट्रप्रतिको बलिदानलाई सम्झेर सम्पूर्ण नेपालीहरूले व्यवस्था परिवर्तनसँगै समृद्ध नेपाल निर्माणमा एक ढिक्का भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । मुन्तजामा रहेको गोरखाली रेस्टुरेन्टमा सम्पन्न शोक सभालाई संघका महासचिव विवेक पुलामी मगरले सहजीकरण गरेका थिए भने द्वितीय उपाध्यक्ष सन्तोष पौडेलले शोक मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर