२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

shivam cement
२०८२ असोज ३ गते ०८:२२
Shares
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन : नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार गए राति १०:५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । 

अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११:५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७:१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले लागेर  ना६ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ । 

ताजा खबर

सम्बन्धित खबर