२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

मेरो भागमा पर्ने कमजोरी र नालायकीप्रति माफी चाहन्छु : सुहाङ नेम्वाङ

shivam cement
मध्यान्ह
२०८२ असोज ३ गते १३:४५
मेरो भागमा पर्ने कमजोरी र नालायकीप्रति माफी चाहन्छु : सुहाङ नेम्वाङ

काठमाडौँ : नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले आत्मालोचना र कमजोरीहरूको स्वीकारोक्तिसहित जनतालाई माफी मागेर सच्चिने प्रण गर्नुपर्ने बताएका छन् । आज एक सन्देशमार्फत उनले सक्रिय राजनीतिमा आएको २ वर्षमा आफ्नो भागमा परेका कमजोरीप्रति माफी मागेका छन् ।

सुहाङले भनेका छन्, ‘यो पनि सत्य हो, इतिहासबाट जो केही सिक्दैन, समीक्षा गर्दैन उनीहरूले भविष्यमा पनि उस्तै सास्ती बेहोर्नु पर्ने हुन्छ । हामी खरानी टकटक्याउँदै उठ्नुपर्छ तर सुन्दर भविष्यका लागि समीक्षा र आज भएका कमजोरीहरूको स्वीकारोक्तिसहित ।’

आफ्नो अधिकार र अस्तित्वको लागि सडकमा उत्रिएका कलिला र अबोध नौजवान साथीहरू मारिएको बर्बर र क्रूरतापूर्ण दृश्यहरूले आफूलाई नराम्ररी झस्काइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘जेन–जीले अस्तित्व र अधिकारको कुरा गरे, भ्रष्टाचारमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए ? किन बर्बर दमन गरियो ?’

सँगै २४ गतेको घटनासँग कैयन प्रश्न मनमा उब्जिएको भन्दै सुहाङले थपेका छन्, ‘रातो र चन्द्रसूर्य अंकित हाम्रो प्रिय राष्ट्रिय झन्डा बोकेर हिँडेकाहरूले हाम्रा राष्ट्रिय सम्पदा र सम्पत्तिहरूमाथि किन आगो लगाए ? उनीहरू को थिए, कसले पठाएका थिए, कहाँबाट आएका थिए ? हाम्रो सुन्दर र सुनिश्चित भविष्यको लागि पनि हामीले यसको उत्तर खोज्नु नै पर्नेछ । सबैभन्दा बढी त हामी युवाहरूले नै खोज्नुपर्नेछ ।’

ADV

सम्बन्धित खबर

Advertise