२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि राष्ट्रिय एकता जरुरीः सिटौला

shivam cement
asmita
२०८२ असोज ३ गते १५:३१
संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि राष्ट्रिय एकता जरुरीः सिटौला

काठमाडौंः नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुवा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले जेनजी आन्दोलनपश्चात मुलुकमा संविधान विपरित गतिविधि भइरहेको भन्दै लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्न दलहरूबीच आपसी सहकार्य आवश्यक भएको बताए ।

लामो संघर्षपछि प्राप्त संविधानलाई जोगाउन राष्ट्रिय एकतालाई मजबुत बनाउँदै अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ । उनले राष्ट्रिय एकता नै जनता, लोकतन्त्र, संवैधानिक व्यवस्था र संविधानको सुरक्षा कवच भएको उल्लेख गर्दै जनताका मुद्दा र मागलाई सम्बोधन गर्नेगरी दलहरु परिमार्जित हुन जरुरी रहेको बताए ।

सिटौलाले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा औद्योगिक–व्यापारिक क्षेत्रहरूमा आक्रमण हुँदा मुलुकको अर्थतन्त्र नै संकटमा परेको बताए । भ्रष्टाचार, जनआक्रोश र सामाजिक असन्तोषलाई सम्बोधन गर्न दलहरु गम्भीर हुनुपर्ने धारणा राखे । उनले जेनजी आन्दोलनका क्रममा सरकारद्वारा गरिएको दमनको समेत विरोध गरे ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise