२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

भाटभटेनीले बन्द स्टोरका कर्मचारी नहटाउने, तलब र दसैं भत्ता पनि दिने

shivam cement
मध्यान्ह
२०८२ असोज ३ गते १६:४०
भाटभटेनीले बन्द स्टोरका कर्मचारी नहटाउने, तलब र दसैं भत्ता पनि दिने

काठमाडौं : भाटभटेनीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परी बन्द रहेको स्टोरमा कार्यरत कर्मचारीलाई कामबाट नहटाउने भएको छ । उनीहरुको तलब र दसैंभत्ता पनि नरोकिने सञ्चालक मीनबहादुर गुरुङले बताएका छन् । 

आफूले भने यस वर्षको दसैं नमनाउने उल्लेख गर्दै गुरुङले भनेका छन्, ‘मसँग आबद्ध भाइबहिनीहरूको भविष्यका लागि लड्नुपर्ने छ । काम गर्न नपाए पनि उहाँहरूको तलब मात्र होइन, दसैं बोनस पनि पठाउँछौं ।’ 

भाटभटेनीका सञ्चालक गुरुङले कर्मचारीहरूलाई आफ्नो परिवारको सदस्य भनेका छन् ।  ‘मचाहिँ दसैं मनाउने पक्षमा छैन । तर, मेरा बच्चाहरू जो मसँग आबद्ध छन् । उनीहरूले त दसैं मान्नुपर्छ । दसैंको बोनस पनि पाउँछन्’, उनले एक अन्तर्वार्तामा भनेका छन् । 

भाटभटेनीका उपत्यका र बाहिरका स्टोरहरुमा अराजक समूहले ठुलो क्षति पुर्‍याएको छ । सञ्चालक गुरुङले तीन महिनाभित्र काठमाडौंका केही स्टोर र १० महिनाभित्रमा सबै स्टोर सञ्चालनमा ल्याउने पनि प्रतिबद्धता पनि जनाएका छन् । लुटपाट र आगजनीबाट भएको क्षतिको यकिन मूल्यांकन नभए पनि १५ अर्बसम्मको क्षति भएको हुनसक्ने उनी बताउँछन् ।  ‘सबै जलेर खरानी भएको छ, लुटेर सखाप भएको छ’ गुरुङले भने, ‘अब फेरि उभिन राम्रै मिहिनेत गर्नुपर्नेछ ।’ 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise