२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल

shivam cement
२०८२ असोज ६ गते १७:५४
Shares
फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल

काठमाडौंः नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जशदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गर्नुपर्ने म्यान्डेट पाएको बताएका छन् ।

सोमवार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको बताएक हुन् । सञ्चारमन्त्री खरेलले जनताले अनुभुति गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा पनि सरकारले केही संरचना बनाएर ठोस काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले धुलो र खरानी टक्टक्याउँदै सरकारले जनतामा अनुभुति हुने गरी पुननिर्माणको कामलाई अघि बढाउने पनि बताए ।

उनले भने, ‘जसरी पनि फागुन २१ मा चुनाव गर्नुछ । त्यसलाई सम्भव बनाउनु पर्छ । दोस्रो कुरा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने कुरामा बस्तुपरक ढंगले कार्यान्वयन हुने हिसावले देखिने गरेर र जनताले महशुस गर्ने गरेर केही फाउन्डेशनहरु हामीले स्टाप्लिस गर्नुपर्नेछ । भ्रष्टाचार नियन्त्रण पनि ६ महिनामा हुँदैन । यसलाई ५ वर्ष लाग्ला, १० वर्ष लाग्ला, ३ वर्ष लाग्ला । १५ वर्ष लाग्ला । घटाउँदै जाने हो । तर जनताले यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा निर्मम छ है, काम गर्दैछ छ है भन्ने अनुभुति ६ महिनामा बनाउन सकिन्छ । र, ६ महिना पछि आउने सरकारले यहाँ नटेकी सुखै नहुने केही न केही हामीले त्यो व्यवस्था गरेर जान सकिन्छ । र तेस्रो कुरा भनेको मैले अघि नै भने–हामी खरानी टटटक्याउँदै हाम्रो जीवन र यी धरोहरुहरुको पुनर्निर्माण गर्नुपर्नेछ । आज संसद भवनको हाल हेर्नुस् । सिंहदरबार, सर्वोच्च अदालतको हालत हेर्नुस्, राष्ट्रपति भवन जहाँ म शपथ लिएर आएको छु । कस्तो कारुणिक दृष्य छ । अव यो सरकारले खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभुति हुने गरी यो ६ महिनामा केही कामहरु गर्छौं ।’

त्यस अवसरमा मन्त्री खरेलले कर्मचारीहरुको काममा आफूले हस्तक्षेप नगर्ने पनि बताए । राजनीतिक हस्तक्षेपका कारण विगतमा कर्मचारीहरुले काम गर्न नसकेको उल्लेख गर्दै उनले आफूले हस्तक्षेप नगर्ने बताए ।  

ताजा खबर

सम्बन्धित खबर