२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

कक्षा १२ को पूरक परीक्षा आजदेखि सुरु हुँदै

shivam cement
२०८२ असोज ७ गते ०८:०४
Shares
कक्षा १२ को पूरक परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौँ : कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु हुँदै छ । भदौ २८ र २९ गतेका लागि तोकिएको परीक्षा जेन जेड आन्दोलनका कारणले परीक्षा सरेको थियो ।

परीक्षा आज र भोलि दुई दिन सञ्चालन गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१)को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ ।  

त्यसै गरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ ।  

सम्बन्धित खबर