– बसन्त अनुभव, दाङ
उसले बुढीलाई प्रसुती गृहमा भर्ना गराएको पनि एक महिना बढी भैसकेको थियो । पहिलोमा जस्तै यसपटकको प्रसुतीमा पनि शल्यक्रिया गर्न नपरोस् भनेर उसले गाउँबाट यहाँ ल्याएको थियोे ।
अनुमानित प्रसुती हुने दिन आउन अझै एक महिना बाँकी थियो । बुढीलाई मलद्वारको अर्शको समस्या देखिएर जटिल बन्दै गइरहेको थियोे ।
“उहाँको अवस्था दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ । त्यसैले उहाँको प्रसुती हुने अनुमानित दिनसम्म कुर्नु घातकसिद्ध हुन्छ । तसर्थ तत्काल शल्यक्रियाद्वारा प्रसुती गराउनु पर्दछ ।” डाक्टरको कुराले ऊ झनै अत्तालियो । आफूलाई सामान्य पार्ने प्रयास गर्दै उसले अनुमति दियो ।
शल्यक्रियाको तयारी भयो । स्ट्रेचरबाट शल्यक्रिया कक्षसम्म नपुग्दासम्म उसले बुढीलाई ढाडस दिइराख्यो । ऊ बाहिर बसेर छट्पटाइरहेको थियोे ।
त्यत्तिकैमा एउटा कार्यालय सहयोगी आएर उसको बुढीको नाम लिदै “लोग्ने को हुनुहुन्छ, डाक्टरले बोलाउनु भएको छ” भन्यो । ऊ झनै आत्तियो । केही अनिष्ट भयो कि भन्ने त्रासले ढपक्क ढाक्यो ।
ऊ आशंका र डर दुबै बोकेर बोलाएको स्थानमा पुग्यो । अपरेसन गर्ने महिला चिकित्सक उसको नजिक आएर हाँस्दै भनिन् ।
“बधाई छ । मिठाइ खानुपर्यो । छोरो भएको छ ।”
“मेरो छोरी हुँदा राम्रोसँग बोल्दापनि बोलेनन् । तपाईंको छोरो हुँदा तपाईंभन्दा बढी खुसी देखिन्छन् । पढेलेखेका यति ठुला डाक्टर जो आफैमा महिला हुन् । यिनैले विभेद गर्छन् भने अरुबाट के आशा गर्न सकिएला ?” उसको बुढीभन्दा थोरै पहिले अपरेसन भएकी महिलाको लोग्नेले उसको कानमा फुस्फुसायो ।
वकिलहरुको कुटाकुट र हानाहान हुँदै थियो । श्रीमतीको नजिकै पुगे झगडियाहरु । उनी आत्तिएर चिच्याउँदै श्रीमान्को खोजी गर्न थालिन् । श्रीमान्ले उनको पूरानो समस्या सम्झ्यो । श्रीमतीलाई जोडले आलिङ्गनमा बाँध्यो । श्रीमती भक्कानिएर रोइन् । उनीहरु भीडदेखि अलप भए । ‘जसको पक्ष विपक्षमा यो लडाइँ हुँदैछ, तिनै बेपत्ता ?’, भीडबाट आवाज सुनियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies