२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

क्रान्तिकारी सुनिए पनि विशेष महाधिवेशन तत्काल सम्भव छैनः शाही 

shivam cement
२०८२ असोज ९ गते १५:३७
Shares
क्रान्तिकारी सुनिए पनि विशेष महाधिवेशन तत्काल सम्भव छैनः शाही 

नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताएका छन्।

पार्टीलाई यथास्थितिबाट अघि बढाउन र विग्रहबाट रोक्न सबै जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘मेरो गोरूको बाह्रै टक्का भनेर मात्र हुँदैन । सबैको भावना र विचारलाई सम्मान गर्दै सहमतिसाथ मिलनविन्दुको खोजी गर्दै मंसिरमा नियमित महाधिवेशनमा जानुपर्छ।’

उनी विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । विशेष महाधिवेशन भनेर कुरा गर्दा क्रान्तिकारी सुनिए पनि त्यसका लागि पनि तीन महिना लाग्ने स्मरण गराउँदै भने, ‘त्यसबेलासम्म त चुनाव आइसक्छ । त्यसैले मंसिरमा नियमित महाधिवेशन गर्दा झनै छिटो र छरितोसँग पार्टीले नयाँ नेतृत्व प्राप्त गर्छ।’ 

युवा पुस्तामा आक्रोश देखिएका बेला पुरानै प्रतिनिधिबाट पार्टी नेतृत्व चयन गर्ने कुरा झन टालटुले मात्रै हुने उनले बताए। ‘अहिले युवाको यत्रो आक्रोश देखियका बेला पुरानै प्रतिनिधिबाट नेतृत्व चयन गर्ने कुराले युवा पुस्तालाइ पार्टीमा आउने बाटो रोक्छ। नयाँ सदस्यतालाई बन्द गरेर, जेनजीलाई पार्टीमा आउने प्रक्रिया बन्देज गरेर कसरी पार्टी परिवर्तन र रुपान्तरण गर्न सकिन्छरु’ उनले प्रश्न गरेका छन् । 

अबको महाधिवेशनबाट युवा पुस्तालाइ पनि पार्टीको मुलधारमा जोड्न पनि नयाँ सदस्य र नयाँ प्रतिनिधिमार्फत नियमित महाधिवेशन गर्नुपर्ने उनको तर्क छ । 

सम्बन्धित खबर