२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

भेरी नगरपालिका-५ का वडाध्यक्ष चन्दद्वारा राजीनामा

shivam cement
कुलेन्द्र शाही
२०८२ असोज ९ गते २०:३५
Shares
भेरी नगरपालिका-५ का वडाध्यक्ष चन्दद्वारा राजीनामा

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका–५ का वडाध्यक्ष लालबहादुर चन्दले पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै वडाध्यक्ष पद छाड्ने घोषणा गरेका हुन् । चन्दले सेवाग्राहीहरूले वडाको कार्यालय खलंगामा सार्न निरन्तर दबाब दिएपछि काम गर्ने वातावरण नै नबनेको हुँदा आफूले वडा अध्यक्ष पदबाट राजीनामा दिन बाध्य भएको गुनासो गरे ।

हाल वडा कार्यालय भेरी नगरपालिकास्थित काफलचौरमा छ । 'कोही सेवाग्राहीले हाल भएकै ठाउँबाट सेवा दिनुपर्ने भन्ने, कोहीले खलंगामा लैजानुपर्ने भन्ने दबाब दिए । उनले भने, 'यसरी काम गर्ने वातावरण नै नभएकाले राजीनामाको घोषणा गर्न बाध्य भएँ ।' त्यस्तै, उनले नगर प्रमुख चन्द्र प्रकाश घर्ती सधैं कार्यालयमा नभेटिने गरेको उल्लेख गर्दै नगरप्रमुखका कारण पनि आफूले पदबाट राजीनामा दिएको बताए ।

उनले भने, 'वडाका सेवाग्राहीहरूले भूकम्प पुनर्निर्माणको कामका लागि दबाब दिएका थिए । तर, हामी नगरपालिकामा जाँदा मेयर साप जहिल्यै कार्यालयमै नभेटिने हुँदा समस्या भयो ।' चन्द २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएर वडाध्यक्ष भएका थिए । उनले अब कांग्रेस पार्टी पनि परित्याग गर्ने तयारी गरेको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर