२०८२ असोज ११ गते शनिवार / Sep 27 , 2025 , Saturday
२०८२ असोज ११ गते शनिवार
Ads

नियमित कार्यालय नआउने कर्मचारीको हाजिरीमा वडा अध्यक्षले लगाए रातो मसी

shivam cement
कृष्ण तिवारी
२०८२ असोज १० गते १४:४०
नियमित कार्यालय नआउने कर्मचारीको हाजिरीमा वडा अध्यक्षले लगाए रातो मसी

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. २ शितलपुर बैरगनियाका वडा अध्यक्ष अनिरुद्ध यादव 'संजय'ले कार्यालयमा बिनाजानकारी अनुपस्थित हुने र कार्यालय समयमा बाहिर निस्किने तीन जना कर्मचारीको हाजिरी पुस्तिकामा रातो मसी लगाएका छन् । यो कारबाही स्वास्थ्य चौकीमा कार्यरत अहेव सत्येन्द्र यादव, अहेव रामसुधार यादव र अनमी शिला यादवमाथि गरिएको हो ।

शुक्रबार बिहान १०:४५ बजे वडा अध्यक्ष यादवले गरेको छड्के अनुगमनका क्रममा यी कर्मचारीहरू बिना सूचना कार्यालयमा अनुपस्थित रहेको वा कार्यालय छाडेर बाहिर गएको पाइएपछि हाजिरीमा रातो मसी लगाइएको हो । वडा अध्यक्ष यादवले नियमित सेवा प्रवाह र अनुशासन कायम गर्न यस्तो कदम चालेको बताएका छन् ।

"सेवाग्राहीबाट कर्मचारीहरू समयमा कार्यालय नआउने, कार्यालय समयमा नभेटिने र बिना सूचना बाहिर जाने गुनासो आएपछि छड्के अनुगमन गरिएको थियो," वडा अध्यक्ष यादवले भने । उनले कर्मचारीहरूलाई समयमै कार्यालय आउन, तोकिएको पोसाक लगाउन र बिदा लिँदा प्रक्रिया पूरा गर्न निर्देशन दिएका छन् । साथै, कार्यालय समयमा बाहिर ननिस्कन र कार्यालयको काममा ध्यान दिन पनि सुझाव दिएका छन् ।

वडा अध्यक्ष यादवले केही कर्मचारीहरू कार्यालयको जिम्मेवारीभन्दा बढी राजनीतिक क्रियाकलापमा सक्रिय रहेको गुनासो पनि गरे । उनले यस्ता गतिविधिलाई नियन्त्रण गरी सेवाग्राहीमैत्री वातावरण बनाउन अनुगमनलाई निरन्तरता दिने बताएका छन् ।

यो कदमले स्थानीय स्तरमा कर्मचारी अनुशासन र सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise