काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताए । देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको उनले बताए ।
सुशासनको विषयलाई गम्भीर रुपमा लागू गर्नुपर्ने उनले बताए । उनले जेनजी पुस्ताले उठाएका सुशासनका विषयलाई गम्भीर रुपमा लिएर लागू गर्दै जनताको सेवामा कमी हुन दिनु नहुने उल्लेख गरे । अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने उनले चेतावनी दिए । उनले अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठुलो विद्रोह हुने र त्यसले कसौलाई नछोड्ने बताए ।
मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिए । कुनै किसिमको अनियमितता र भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही हुने उनले बताए ।