दोहा कतार : सप्तरी सेवा समाज कतारको प्रथम अधिवेशन सम्पन्न भएको छ । कतारको राजधानी मुन्तजास्थित गोर्खाली रेस्टुरेन्टमा सम्पन्न अधिवेशनमार्फत मोहमद अन्वारुल हकको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । कार्यसमितिको उपाध्यक्षहरूमा मोहम्मद मिस्टर, अब्दुल्लाह अन्सारी, नौसाद राइन, महासचिव मोहम्मद शईद, सचिवहरू क्रमशः ज्ञानेन्द्र चौधरी, मोहमद नजम राईन, मोहमद गुलाम र सुल, मोहमद नौमान रहेका छन् ।
त्यस्तै कोषाध्यक्षद्धय मोहम्मद सद्दाम हुसेन र मुमताज आलम, मिडिया संयोजकमा मोहम्मद इसाराऊल मिया, शमशाद सिद्धिकी चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा सुलेमान मिया, मोहम्मद मजेबुल, मोहम्मद अन्झारुल हक, छेदी लाल राम, मोहम्मद अताउरहमान, मोहम्मद तारिक अजिज, मोहम्मद रोजीत, मोहम्मद फिरोज रहेका छन् ।
कतारस्थित विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरू, समाजसेवी तथा प्रवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको अधिवेशन गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको समुद्घाटन कुरानको पठनबाट भएको थियो । अधिवेशनमा शुभकामना राख्ने वक्ताहरूले समाजको संस्थागत विकास, आपसी सहयोग र प्रवासी नेपालीबिचको सम्बन्ध सुदृढीकरणका लागि यो अधिवेशन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले कान्छो संस्थाका रूपमा थपिएको सप्तरी समाजसँग सहकार्य गर्ने र समाजले नयाँ र सकारात्मक काम गर्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा कतारमा रहेका नेपालीहरूको समस्या समाधान, सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन र सहयोगी भावना अभिवृद्धि गर्नुपर्नेमा विशेष जोड दिए । अधिबेशन मार्फत प्रमुख अतिथीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने एनसिसिका पुर्ण कार्यसमितिलाई सम्मान गरीएको थियो ।