२०८२ असोज १७ गते शुक्रवार / Oct 03 , 2025 , Friday
२०८२ असोज १७ गते शुक्रवार
Ads

देउवाले दिए दशैंको शुभकामना, जेनजी आन्दोलन इतिहासकै अकल्पनीय र दुस्खद घटना

shivam cement
मध्यान्ह
२०८२ असोज १३ गते १३:१७
देउवाले दिए दशैंको शुभकामना, जेनजी आन्दोलन इतिहासकै अकल्पनीय र दुस्खद घटना

जेनजी आन्दोलनका क्रममा अराजक समूहको आक्रमणबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौं २३ र २४ गतेका घटनाहरू नेपालको इतिहासकै अकल्पनिय र दुःखद घटना भएको बताएका छन् ।

त्यसक्रममा ज्यान गुमाउने युवाहरु र सुरक्षाकर्मीप्रति श्रद्धान्जली दिँदै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । साथै, २४ गतेको आक्रमण, सिंहदरबार, सर्वोच्च, राष्ट्रपति भवनमा गरिएको आगजनीलाई अपराधिक समूहको काम भनेका छन् । बुढानिलकण्ठस्थित निवासमै रहेका सभापति देउवामाथि अराजक समूहले सांघातिक हमला गरेका थिए । देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी पत्नी आरजु राणालाई रक्ताम्य हुनेगरी कुटपिट गरिएको थियो । सुरक्षाकर्मीले पर्खालबाट बाहिर निकालेर उनको उद्दार गरेको थियो । लामो समय सुरक्षा निगरानीमा उपचार गराइरहेका देउवा सार्वजनिक भने भइसकेका छैनन । 

दशैंको उपलक्ष्यमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले बडादशैंले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्ति बीचको एकतालाई अझै मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।


 

ADV

सम्बन्धित खबर

Advertise