२०८२ असोज १७ गते शुक्रवार / Oct 03 , 2025 , Friday
२०८२ असोज १७ गते शुक्रवार
Ads

बडादशैं अन्तर्गत आज टीका, उत्तम साइत ११:५३ बजे

shivam cement
मध्यान्ह
२०८२ असोज १६ गते ०७:११
बडादशैं अन्तर्गत आज टीका, उत्तम साइत ११:५३ बजे

काठमाडौं : नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन आज देशभर टीका र जमरा लगाएर मनाइँदैछ । विजयादशमीका दिन मान्यजनको हातबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी आशीर्वाद लिने परम्परा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा परेको छ । समितिले टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताएको छ । त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गर्ने साइत रहेको छ ।

आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा र मान्यजनको हातबाट टीका–जमरा थापी यश, ऐश्वर्य वृद्धि, कार्यक्षमता तथा दीर्घायु प्राप्त होस् भन्ने आशीर्वाद लिने परम्परा छ । आज नभ्याउनेहरूले भने कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका ग्रहण गर्न सक्नेछन् ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी मनाइन्छ । धार्मिक विश्वासअनुसार त्रेतायुगमा आजकै दिन भगवान रामले रावणमाथि विजय हासिल गरेका थिए । त्यस समयदेखि नै दशैंलाई विजयको प्रतीक पर्वका रूपमा मनाउन थालिएको मान्यता छ ।

ADV

सम्बन्धित खबर

Advertise