मुलुकको सवैभन्दा ठूलो दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु हुँदैछ । आज उद्घाटन हुने महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली बिहीबार दिउँसो नै चितवन पुगेका छन् । शीर्ष नेताहरु चितवन पुग्ने क्रम जारी छ । कतिपय नेताहरु केही दिन अगाडि नै चितवन पुगेका छन् । प्रतिनिधिहरु प्नि चितवन पुग्ने क्रम जारी छ । एमालेले यो महाधिवेशनमा पाँच लाख जनसहभागिता जुटाउने दावी गरेको छ । बागमती प्रदेश, गण्डकी, प्रदेश–२ र लुम्बिनीबाट धेरै जनसहभागिता जुटाउने एमालेको तयारी छ । शक्ति प्रदर्शनका रुपमा समेत हुने लागेको महाधिवेशनमा देशभरबाट एमाले कार्यकर्ता चितवन पुग्दैछन् । यो महाधिवेशनमा देशभित्रका राजनीतिक नेताहरु मात्रै सहभागी नभइ अन्य मुलुकहरुबाट समेत पाहुना बोलाइएको एमालेले जनाएको छ ।
यो महाधिवेशन मुलतः नेतृत्व चयनमा केन्द्रीत हुँदैछ । प्रतिनिधिसभाको सवैभन्दा ठूलो दलको नेतृत्व चयन पक्कै पनि चासोको विषय हो । त्यसैले पनि यतिबेला चितवनले मुलुकको ध्यान तानेको छ । अझ विभाजनको पीडा खेपेको एमालेको नेतृत्व कसरी चयन होला भन्नेले चितनव महाधिवेशन बढी चासोमा छ । यो त एमाले र मुुलुकको राजनीतिक चासोको विषय भयो । तर यसबाहेक पनि महाधिवेशनको अर्थ छ । त्यो हो, चितवनलाई चिनाउने । एमालेको दावी अनुसार पाँच लाख नै जनसहभागिता नरहेपनि देशभरबाट आएका नागरिकले केही दिन चितवनमा बिताउने पक्का छ । उनीहरुको प्रमुख ध्यान त एमाले नेतृत्व चयनमै केन्द्रीत हुनेछ । सँगै चितवनबारे धेरथोर जानकारी पक्कै लिनेछ ।
चितवनको लागि यो ठूलो अवसर पनि हो । एउटा बाह्य जिल्लाका नागरिकले चितवन जान्ने र चितवनले बाह्य नागरिकलाई आकर्षित गर्ने । त्यसैपनि चितवनलाई मुलकको ७८औं जिल्ला भन्ने गरिएको छ । यसको कारण भने ७७ जिल्लाकै नागरिक चितवनमा भेट्न सकिन्छ । नागरिक विविधताबारे मात्रै नभएर चितवन पर्यटकीय रुपमा समेत उत्तिकै परिचित छ । अतः यो अधिवेशनले चितवनलाई अझ बृहत दृष्टिकोणले चिनाउन सक्छ । अझ विशेषगरी यो महाधिवेशन पछि यहाँका आदिवासी थारु समुदायको जीवन स्तर उकास्ने र राष्ट्रिय पहिचान स्थापित गर्न सहयोग पुग्न सक्छ । यसतर्फ आयोजक एमालेले समेत सोच्नु आवश्यक छ । किनकि यस्तै महाभेलाले उक्त स्थान र पहिचानको बिस्तार हुने गर्छ । त्यो अवसर चितवनका लागि मिल्न आवश्यक छ भने चितवनले पनि आफूलाई विस्तार गर्न जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies