अविरल वर्षाले निम्त्याएको विपतबाट पूर्वी पहाडी जिल्ला इलाममा सबैभन्दा ठूलो मानविय क्षति पुगेको छ । विभिन्न पालिकामा पहिरोमा घर पुरिँदा मृत्यु हुनेको संख्या ३७ पुगेको छ । एक गर्भवतीसहित दुई जनालाई पहिरोबाट सकुशल निकालेर नेपाली सेनाको हेलिकप्टरबाट इटहरीस्थित अस्पताल लगिएको छ । उनीहरुको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाले शनिबार राति ठाउँठाउँमा पहिरो गएको थियो । रातको समय भएकाले मृत्यु हुने अधिकांश घरमै पुरिएका हुन् । पहिरोमा परी इलाम नगरपालिका–६ घोसमा ६ जनाको ज्यान गएको छ भने देउमाईमा ८, सन्दकपुरमा ६, माइजोगमाईमा ८, माङसेबुङको पाटीगाउँमा ३, फाकफोकथुम रातमाटेमा १ र सूर्योदयको मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पहिरोमा पुरिएर अझै १२ जना बेपत्ता रहेको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।