२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

५ लाख ३३ हजार क्युसेक पुग्यो सप्तकोशीमा पानीको बहाव 

shivam cement
२०८२ असोज १९ गते १९:५९
Shares
५ लाख ३३ हजार क्युसेक पुग्यो सप्तकोशीमा पानीको बहाव 

काठमाडौँ : पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको जनाइएको छ । 

पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । पानीको बहाव उच्च भएपछि खतराको सङकेत स्वरूप रातो बत्ती बाली रातो झण्डासमेत फहराइएको छ । यसैगरी कोसी ब्यारेज वरिपरि सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ।

यसैबीच आज प्रमुख जिल्ला अधिकारी  धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संसाधन विभागको टोलीले कोसी ब्यारेजको निरीक्षण गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर