२०८२ असोज ३१ गते शुक्रवार / Oct 17 , 2025 , Friday
२०८२ असोज ३१ गते शुक्रवार
Ads

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग आज बिहानदेखि सञ्चालनमा

shivam cement
मध्यान्ह
२०८२ असोज २० गते १०:१३
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग आज बिहानदेखि सञ्चालनमा

काठमाडौँ : नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । 

गत शुक्रवार र शनिवार आएको अविरल वर्षाका कारण ती  सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति  ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । 

जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर) मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise