२०८२ असोज ३१ गते शुक्रवार / Oct 17 , 2025 , Friday
२०८२ असोज ३१ गते शुक्रवार
Ads

रसुवामा वर्षापछि बेपत्ता चार जनाको खोजी जारी, १२ जनाको उद्धार

shivam cement
मध्यान्ह
२०८२ असोज २० गते १३:०९
रसुवामा वर्षापछि बेपत्ता चार जनाको खोजी जारी, १२ जनाको उद्धार

रसुवा :अविरल वर्षाका कारण रसुवामा बेपत्ता भएका चार जनाको खोजी कार्य जारी रहेको छ ।  आश्विन १७ गतेदेखि १९ गतेसम्म परेको लगातार वर्षाले गोसाईंकुण्ड गाउँपालिका-५, ड्याम साइड क्षेत्र प्रभावित बनेको थियो ।

ड्याम साइड इलाकातर्फ गएका १६ जनामध्ये १२ जनालाई नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको उद्धार टोलीले उद्धार गरी स्याफ्रुवेशी ल्याएको छ । बाँकी चार जना अझै बेपत्ता रहेका छन् ।

बेपत्ताहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका संयुक्त टोलीहरूले ड्याम साइड, भाङ्गे झरना लगायत पाँच वटा विभिन्न स्थानमा खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

सुरक्षाकर्मीहरूले निरन्तर खोजी कार्यलाई तीव्र पारेका छन् भने स्थानीय बासिन्दा र अन्य उद्धारकर्मीहरू पनि सहयोग गरिरहेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise