काठमाडौं : जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २७ जना घाइते भएका छन् ।
बाँकेको नेपालगञ्जवाट रुकुम पश्चिमको राडी बजार जाँदै गरेको ना.७ ख २७५७ नम्बरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये रुकुम पश्चिमका शेरबहादुर परियार, चार बर्षिया बालिका विद्या शाहीको पहिचान खुलेको छ । दुर्घटनामा सप्तरीका शिक्षक गंगाराम यादवको पनि मृत्यु भएको छ । अरु दुई जनाको पहिचान खुल्न बाँकी रहेको छ ।
घाइतेहरुको उपचार जिल्ला अस्पताल खलंगामा उपचार भैरहेको छ । दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
बस सडकबाट करीब दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies