२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

हेलिकप्टरबाट चार जना गर्भवतीको उद्धार

Nada
२०८२ असोज २० गते १५:५८
Shares
हेलिकप्टरबाट चार जना गर्भवतीको उद्धार

काठमाडौँः नेपाली सेनाको हेलिकप्टरबाट चार जना गर्भवतीको उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत आज इलामको माईजोगमाई–५ सिरसिरे, इलामको सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२ पुल भञ्ज्याङ र सङ्खुवासभाको भोटखोला–३ हुङगुङबाट चार जना गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

हाल उनीहरूलाई झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्‍याइएको छ । 

ताजा खबर

सम्बन्धित खबर