२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

बाढी पहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासमा प्रदेश सरकार

shivam cement
मध्यान्ह
२०८२ असोज २२ गते ०८:१५
बाढी पहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासमा प्रदेश सरकार

विराटनगर : कोशी प्रदेश सरकारले  बाढी पहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयास स्वरुप आजदेखि चिकित्साको टोली परिचालन गर्ने भएको छ ।

प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधि र चिकित्सकको टोली प्रभावित क्षेत्रमा परिचालन हुने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनीन राईले बताए । आज बिहान तीन वटा टोली इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुर प्रस्थान गर्ने तयारीमा रहेको उनले जानकारी दिए।

महामारी तथा किटजन्य रोग लाग्नबाट जोगिन सुझाउने तथा पीडितका स्वास्थ्य समस्याबारे टोलीले जानकारी लिने र आवश्यकताअनुसार सहयोग गर्नेछ । साथै टोलीले क्षतिको विवरण पनि संकलन गर्नेछ । 

ADV

सम्बन्धित खबर

Advertise