२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

रामेछाप-काठमाडौँ रुटमा सातामा तीन दिन उडान हुने

shivam cement
मध्यान्ह
२०८२ असोज २२ गते ०९:१४
रामेछाप-काठमाडौँ रुटमा सातामा तीन दिन उडान हुने

काठमाडौँ : रामेछाप-काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा मंगलबारदेखि समिट, सिता र तारा एयरले नियमित रूपमा उडान सुरु गरेका हुन् ।

केही दिनयता रामेछाप-लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप-काठमाडौँ उडान हुन सकेको थिएन । यही असोज १७, १८ र १९ गते परेको भारी वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएपछि हवाई उडान सुरु गरिएको हो ।

मन्थलीबाट बिपी राजमार्ग हुँदै काठमाडौँसम्मको दूरी १२५ किलोमिटर दूरी छ भने चरिकोट हुँदै दोलालघाट निस्केर काठमाडौँको दूरी करिब २०० किमी छ ।

अबदेखि प्रत्येक बुधवार समिट, शुक्रवार सिता र शनिवार तारा एयरले नियमित रूपमा रामेछाप-काठमाडौँ-रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise