२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

वीरगञ्जको होटलमा भारतीय बुवा-छोराको शव फेला

shivam cement
मध्यान्ह
२०८२ असोज २२ गते १०:४१
वीरगञ्जको होटलमा भारतीय बुवा-छोराको शव फेला

काठमाडौँ : वीरगञ्जको एक होटलमा भारतीय बुवा-छोराको शव फेला परेको छ । भानु चोकस्थित शाह प्याराडाइस होटेलको पहिलो तलमा रहेको कोठा नम्बर १११ मा बुवा-छोराको शव फेला परेका हुन् ।

होटेलको इन्ट्री रजिस्ट्रमा भारतको त्रिपुराका ६७ वर्षीय सजल आचार्य र छोरा २४ वर्षीय सागर आचार्य मंगलबार साँझ कोठाभित्रै मृत अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार असोज १९ गतेदेखि बास बसेका दुवै जना मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटेलका कामदार उनीहरूलाई बोलाउन उक्त कोठामा गएका थिए । तर होटेलका कामदारले पटक-पटक ढकढकाउँदा पनि ढोका नखोलेपछि उक्त कोठासँगै रहेको अर्को कोठाको भेन्टिलेटरबाट हेर्दा कोठामा बुवा र छोरा दुवै मृत अवस्थामा रहेको देखेका थिए ।

सोही समयमा होटेलका सञ्चालकले खबर गरेपछि प्रहरी उक्त होटलमा पुगेको थियो । प्रहरीले पनि भेन्टिलेटरबाट हेर्दा कोठाभित्र सजन ओछ्यानमा र छोरा सागर झुन्डिएको अवस्थामा फेला परेको हो । हाल उक्त घटनलाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise