२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

हामी संसद पुनर्स्थापनाको माग राखेर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौंः महेश बस्नेत

shivam cement
मध्यान्ह
२०८२ असोज २२ गते १३:३४
हामी संसद पुनर्स्थापनाको माग राखेर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौंः महेश बस्नेत

काठमाडौंः नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतेले आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने बताएका छन्  ।

बुधवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी उनले एमाले संसद पुनस्र्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन जाने बताएका हुन् । नेता बस्नेतले संसद पुनर्स्थापनाको माग पार्टीले आधिकारिक ढंगले अघि बढाउने वा कानुन व्यवसायीमार्फत अघि बढाउने भन्ने विषयमा पनि अन्तिम छलफल भइरहेको समेत बताए । उनले भ्रष्टाचारविरुद्धको जेनजी पुस्ताको आन्दोलनमा आफूको पूर्ण साथ रहने पनि पटक पटक बताए । 

नेता बस्नेतले भन ‘संसद पुनःस्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौं । पार्टीले आधिकारिक ढंगले जाने अथवा कानुन व्यवसायीमार्फत जाने । त्यो कुरामा हामी अन्तिम छलफल गर्दैछौं । र, यतिखेर जेनजीहरुको मागलाई नयाँ दलहरुले सम्बोधन गर्दैनन् कि भन्ने एउटा चिन्ता र अफवाह फैल्याइएको छ । म जेनजी भाईबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु–अब तपाईहरुको नाम हामीले जेनजी होइन, डिजिटल जेनेरेशन राखिदियौं हामीले । अब तपाईहरुलाई म अनुरोध गर्न चाहन्छु–भ्रष्टाचार रोक्ने तपाईहरुको मागलाई हामी पूर्ण साथ दिन्छौं । भ्रष्टाचार विरुद्ध निष्पक्ष छानविन समिति बनाएर छानविन गर्ने कुरामा पुराना दल अथवा  नेकपा एमाले अथवा हामी स्वयममाथि पनि तपाईहरुको आशंका छ भने हामी छानविनको दायरामा आउन तयार छौं । तर तपाईहरुको रगतमा होलि खेलेर घाईतेहरुको बैशाकी टेकेर अहिले सरकारमा गएर तपाईहरुलाई उचाल्ने हरेक व्यक्तिहरुको पनि छानविन हुनुपर्छ ।’

नेता बस्नेतले जेनजी पुस्ताको नाममा सरकारमा गएकाहरु पनि भ्रष्ट भए/नभएको छानविन गर्नुपर्ने माग गरे । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise