२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको बाटो बगाएपछि चरिकोट-खाडिचौर सडकको प्रयोग

shivam cement
२०८२ असोज २३ गते ०७:४२
Shares
रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको बाटो बगाएपछि चरिकोट-खाडिचौर सडकको प्रयोग

रामेछाप : असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ । हिजोआज तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनहरू वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन् । यहाँ खुर्कोट-मन्थली-चरिकोट-मुडे-खाडिचउर हुँदै दोलालघाटको वैकल्पिक सडक प्रयोग हुन थालेको छ । 

सवारी आवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले मन्थलीस्थित देवकोटा चोकबाट प्रहरी कार्यालय हुँदै बसपार्क निस्केर काठमाडौँ पठाउने र उताबाट आउने सवारीसाधनलाई बसपार्कबाट कटहर बोट चोक हुँदै देवकोटा चोकमा निस्कने गरी एकतर्फी यातायात सञ्चालन गर्ने गरेको छ । 

बिपी राजमार्ग हुँदै तराईका विभिन्न भागदेखि पूर्वको कोशी प्रदेशका अधिकांश जिल्ला र काठमाडौँ आउजाउ गर्ने सवारीसाधनले वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोग गर्ने गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताए। दसैँ मनाएर आआफ्नो कार्य क्षेत्र फर्कने यात्रुको सहजताका लागि आफूहरू निरन्तर क्रियाशील रहेको उनले बताए । 

ताजा खबर

सम्बन्धित खबर