२०८२ असोज २३ गते बिहिवार / Oct 09 , 2025 , Thursday
२०८२ असोज २३ गते बिहिवार
Ads

आज विश्व हुलाक दिवस

shivam cement
मध्यान्ह
२०८२ असोज २३ गते ०८:५६
आज विश्व हुलाक दिवस

काठमाडौँ : ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ । सन्  १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक संघको स्थापना भएको  वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ ।

सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक संघको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो । त्यसपछि विश्वका  विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन् । यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवर्द्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन् । 

विश्व हुलाक दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जारी गरेको सन्देशमा हुलाकका माध्यमबाट सहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्क कायम भएको र हुलाक कर्मचारीको सञ्जालले दुर्गम गाउँ तथा सहरलाई जोडेर विश्वलाई सबैको पहुँचमा पुर्‍याएको बताएका छन् । 

ADV

सम्बन्धित खबर

Advertise