२०८२ असोज २३ गते बिहिवार / Oct 09 , 2025 , Thursday
२०८२ असोज २३ गते बिहिवार
Ads

१३ लाखसहित नेपालगन्जबाट १४ जना जुवाडे पक्राउ

shivam cement
मध्यान्ह
२०८२ असोज २३ गते ११:०६
१३ लाखसहित नेपालगन्जबाट १४ जना जुवाडे पक्राउ

काठमाडौँ : नेपालगन्जबाट ठूलो रकमसहित १४ जना जुवाडेलाई बाँके प्रहरीले पक्राउ गरेको छ । 

नेपालगन्जको बसपार्क नजिक रहेको मौरी रेष्टुरेन्टबाट १३ लाख ६३ हजार आठ सय रुपैयाँसहित नेपालगन्ज र कोहलपुरका १४ जना जुवाडेलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा गणेश बस्नेत, ऋषि गुप्ता, तरुण गौतम, विनोद खड्का, मो। सफिक बेहना, संगम शाह, मधुसुधन दाहाल, मेघराज गौतम, रमेश शाही, कोहलपुरका भागीरथ यादव, नन्दलाल यादव, सुमन केसी र रेष्टुरेन्ट सञ्चालक विज्ञान श्रेष्ठ रहेका छन् । 

उनीहरूलाई गए राति ११.बजे रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । हाल उनीहरूलाई पक्राउ गरी कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise