२०८२ असोज २३ गते बिहिवार / Oct 09 , 2025 , Thursday
२०८२ असोज २३ गते बिहिवार
Ads

जेनजीहरुका माग पूरा नगरेको भन्दै माइतीघरमा प्रदर्शन, १६ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ असोज २३ गते १२:४९
जेनजीहरुका माग पूरा नगरेको भन्दै माइतीघरमा प्रदर्शन, १६ जना पक्राउ

काठमाडौंः जेनजीहरुका माग पूरा नगरेको भन्दै अन्तरिम सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका केही अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीवार बिहान माईतीघर मण्डलामा जेनजीका मागहरु सरकारले पूरा नगरेको भन्दै प्रदर्शनका लागि पुगेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा डाक्टर निकोलस भुसाल र स्वतन्त्र अभियन्ता एसपी साह लगायत रहेका छन् । 

उनीहरु जेनजीहरुले अन्तरिम सरकारसँग राखेका मागहरु पूरा गर्न ढिलाइ गरेको, भ्रष्टाचार र बेथितिविरुद्ध कुनै कदम नचालेको, जेनजी पुस्ताले गत भदौ २३ गते गरेको आन्दोलनमा दमन गर्नेहरुलाई पक्राउ नगरिएको भन्दै विभिन्न माग राखेर प्रदर्शन गर्न पुगेका हुन् । 

प्रहरीले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेका छ । जेनजीका नाममा माइतीघरसहित काठमाडौंका विभिन्न स्थानमा गतिविधिहरु बढ्दै गएपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise