काठमाडौंः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाको छानविन गर्न बनेको आयोग नमान्ने घोषणा गरेका छन् । गुण्डुमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले घटनाको छानविन गर्न बनेको आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि प्रश्न उठेको भन्दै एमाले र जनताले नमान्ने बताएका हुन् । उनले आयोगमा बस्नु भन्दा अगाडिका अभिव्यक्तिहरुको प्रश्न उठिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो ? भन्दै प्रश्न गरे । सम्पती छानविनको कुरा उठिरहेको भन्दै अहिलेका सरकारका मन्त्रीहरुको सम्पती छानविन गर्न मान्ने हो ? भन्दै प्रश्न गरे । नेकपा एमालेलाई यस्ता नक्कली आयोग मञ्जुर नरहेको बताए
।
अध्यक्ष ओलीले तत्कालको तत्काल कोही मानिस विरोधीबाट निष्पक्ष हुनसक्छ ? भन्दै पनि प्रश्न गरे ।