काठमाडौं – को महावाणिज्य दूतावास, वीरगंजले विश्व एड्स दिवसका अवसरमा भारतदूतावास परिसर भित्र रक्तदान शिविरको आयोजना गरेको छ ।
डिसेम्बर ०१ तरिक अर्थात विश्व एड्स दिवसका अवसरमा दुतावासले रक्तदान शिविर आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा महावाणिज्य दूतावासका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटीको वीरगन्ज कार्यालयको सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
कार्यक्रममा महावाणिज्य दूत नितेश कुमारले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू र महावाणिज्य दूतावासका सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies