२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

आजको मौसम :  यी दुई प्रदेशमा वर्षाको सम्भावना

shivam cement
मध्यान्ह
२०८२ असोज २४ गते ०७:१४
आजको मौसम :  यी दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी दुवै प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

ADV

सम्बन्धित खबर

Advertise