२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

गाजावासीहरूलाई मानवीय राहत बढाउन संयुक्त राष्ट्रसंघ तयारः गुटेरेस

shivam cement
मध्यान्ह
२०८२ असोज २४ गते ११:४०
गाजावासीहरूलाई मानवीय राहत बढाउन संयुक्त राष्ट्रसंघ तयारः गुटेरेस

काठमाडौंः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीवार युद्धविराम सम्झौताको घोषणापछि गाजावासीहरूलाई मानवीय राहत बढाउन विश्व निकाय तयार रहेको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले प्रस्तुत गरेको प्रस्तावको आधारमा गाजामा युद्धविराम र वन्धकहरूको रिहाइ सुनिश्चित गर्ने सम्झौताको घोषणालाई आफूले स्वागत गरेको बताए । संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको प्रशंसा गरे । यस क्षणको लागि धेरै लामो समय पर्खिएको बताउँदै यसलाई कसैले बिर्सन नहुने बताए । 

सबै पक्षहरूलाई सम्झौताका शर्तहरू पूर्ण रूपमा पालना गर्न र यसले प्रस्तुत गर्ने अवसरहरूलाई पूर्ण रूपमा स्वीकार गर्न आग्रह गरे । सबै वन्धकहरूलाई सम्मानजनक तरिकाले रिहा गरिनुपर्ने माग गरे । स्थायी युद्धविराम सुनिश्चित गर्नुपर्ने र सधैँको लागि बन्द हुनुपर्ने उनले बताए  । यसमा संयुक्त राष्ट्र संघले पूर्ण समर्थन प्रदान गरेको बताए ।  

ADV

सम्बन्धित खबर

Advertise