एजेन्सी : इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जना मृत्यु भएको छ । पूर्वी जापा प्रान्तको माउन्ट समेरुमा ज्वालामुखी विस्फोट हुँदा उनीहरुको मृत्यु भएको हो ।
ज्वालामुखी विस्फोटमा परेर ९८ जना घाइते भएका छन् । बेपत्ताहरुको यकिन संख्या भने थाहा हुन सकेको छैन ।
ज्वालामुखीबाट निस्किएको तातो लाभा तथा खरानीले स्थानीय गाउँ ढाकिँदा मानवीय क्षति भएको हो । शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका छन् ।
ज्वालामुखीबाट नजिक रहेको लुमाजङ जिल्लाको गाउँबाट तीन सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । उद्धार तथा राहतको काम जारी नै रहेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies