२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

लेक लागेर युवकको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ असोज २४ गते १४:१३
लेक लागेर युवकको मृत्यु

गोरखाः मनास्लु पदमार्गअन्तर्गत लार्केतर्फ जाने क्रममा लेक लागेर एक युवकको मृत्यु भएको छ । 

भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । प्रजापति आफ्ना साथथीहरुसहित मनास्लु पदमार्ग हुँदै लार्के जाने क्रममा बिहीबार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ धर्मशाला पुगेका थिए । 

‘लार्के पार गर्ने क्रममा प्रजापतिको लेक लागेर ज्यान गएको हो । अन्य चार जना मनाङतर्फ झरेका छन्’, उनले भने । प्रजापतिको शव सामागाउँ ल्याइएको र हेलिकोप्टरमार्फत् काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।  

ADV

सम्बन्धित खबर

Advertise